देशभर थप दुई हजार पाँच सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा दुई हजार २० र एन्टिजेन परीक्षणमा पाँच सय पाँचजनामा संक्रमण देखिएको हो ।
यो अवधिमा नौ हजार नौ सय नौजनाको पिसिआर परीक्षण र चार हजार नौ सय एकजनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर ३८ हजार दुई सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा ३५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार पाँच सय ६८ पुगेको छ ।