नारायणीमा हाम फाले एक पुरुष

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

चितवनको नारायणी नदीमा मंगलबार बिहान एक पुरुष हाम फालेका छन्। अन्दाजी ४०–५० वर्ष उमेरका उनी बिहान करिब ७ बजे नारायणी नदी पुलको बीचभागबाट हाम फालेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नदीमा हाम फालेको खबर प्राप्त हुना साथ प्रहरीको विपत् उद्धारसहितको टोली घटनास्थल पुगेको छ। प्रहरीका अनुसार ती व्यक्तिको परिचय खुल्न सकेको छैन भने खोजतलासको कार्य जारी छ।

सुझावित समाचार