देशभर थप एक हजार आठ सय एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार पाँच सय ४८ र एन्टिजेन परीक्षणमा दुई सय ५३ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा आठ हजार सात सय चार जनाको पिसिआर परीक्षण र दुई हजार ६ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर ३८ हजार तीन सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा २४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार पाँच सय ३३ पुगेको छ ।