अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत साउनमा एक सय ४२ मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका जनाएको छ। इन्सेकले सोमबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार एक सय आठ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लंघनका घटना भएका हुन्।
इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट एक सय ३८ पीडित भएका पाइएको छ। त्यसमध्ये प्रदेश १ मा २५, प्रदेश २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५ तथा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा ६–६ जना पीडित भएका छन्।
साउन महिनामा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि एक हत्या, हिरासतमा मृत्युका दुई, कुटपिट नौ, जातीय विभेदका तीन घटना सार्वजनिक हुँदा १५ जना घाइते भएका घाइते र एक पुरुष यौन दुर्व्यवहारमा परेको जनाइएको छ। तीमध्ये बाल अधिकार उल्लंघनका घटना ५१ भएको प्रतिवेदनमा उल्लेख छ। अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुर्व्यवहार १०, बेचबिखन एक र बेचबिखन प्रयासको घटना एक भएको इन्सेकले जनाएको छ।
इन्सेकका अनुसार महिला अधिकार उल्लंघनका घटना ३९, बलात्कारका घटना २०, बलात्कार प्रयास पाँच, यौन दुर्व्यवहार तीन, जबर्जस्ती यौन कार्यमा लगाइएको एक, एसिड प्रहार एक, ‘बोक्सी’ आरोप एक र घरेलु हिंसा तीन भएको छ। रासस
साउनमा १४२ मानव अधिकार उल्लंघनका घटना
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
चोलेन्द्रनिकट इनाम सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद थप
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट भएर शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका इनाम…
ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः मन्त्री तिमिल्सिना
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रुपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिम…
बुधबार १० बजेसम्मका प्रमुख १० खबर
सभापतिको उम्मेदवारी फिर्ता गर्ने राठाेरको घोषणा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह …
भूमि, वन र विपतसम्बन्धी ऐन संशोधन गर्ने तीन अध्यादेश जारी गर्न सिफारिस
काठमाडाैं/ सरकारले विभिन्न तीनवटा ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकल…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
काठमाडौं/ बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी बढुवा, अध्यादेश सिफारिसलगायत विभिन्न निर्णयहरू गरेको छ। बैठकपछि सर…
कांग्रेसमा गुट समाप्त भएको सभापति थापाको दाबी
काठमाडौं/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन्। १५औँ महाधिवेशनअन्त…