नुहाइधुवाइ गरेर जनै फेर्दै बटुकहरू (फोटोफिचर)

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

जनैपूर्णिमामा पशुपतिनाथ परिसरमा अध्ययन गर्ने बटुकहरूले विधिपूर्वकहरूले जनै फेरेका छन्। बटुकहरूले मन्त्रोच्चारण गर्दै विधिपूर्वक जनै धारणा गरेका हुन्।

हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनैपूर्णिमा अर्थात् ऋषितर्पणीमा वैदिक सनातन धर्मावलम्बीले नदी, ताल-तलाउ र मन्दिरमा पुगेर स्नान गरी जनै फेर्ने गर्दछन्। आज यज्ञोपवीत धारण गरेर, रक्षाबन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।

काठमाडौंको पशुपतिनाथसहित देशभरका मन्दिरहरूमा आज जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भिड लागेको छ। आजको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार