बिओकेको कन्ट्याक्टलेस कार्ड सुविधा

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

बैंक अफ काठमाण्डू लिमिटेडले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) मा आधारित उक्त कार्ड ट्याप सुविधा भएका पिओएस मेसिनहरूमा प्रयोग गरी ग्राहक महानुभावहरूले भुक्तानी गर्न सकिने सुविधा ल्याएको हो ।

यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पिओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । हालको विश्व महामारीका रूपमा रहेको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि यस कन्ट्याक्टलेस कार्डका माध्यमबाट भुक्तानी गर्दा ग्राहकले व्यक्तिगत दूरी कायम गर्न सहज हुने बैंकको भनाइ छ ।

हाललाई यस प्रविधिमार्फत प्रतिकारोबार २ हजार रुपैयाँसम्म कारोबार गर्न सक्ने जनाइएको छ । बैंकले देशभरमा ९० शाखा, ७८ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई बैंकिङ सेवा दिइरहेको जनाएको छ । 

See More On

सुझावित समाचार