पछिल्लो २४ घन्टामा कोरोनाका नयाँ संक्रमितभन्दा निको हुने बढी, ३० को मृत्यु

शनिबार, ५ भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा कोरोनाका नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा देशभर दुई हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् भने दुई हजार तीन सय ८३ जना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार चार सय २४ र एन्टिजेन परीक्षणमा ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा सात हजार सात सय तीनजनाको पिसिआर परीक्षण र पाँच हजार तीन सय ७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ३९ हजार तीन सय २१ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार चार सय ८५ पुगेको छ ।

सुझावित समाचार