कोरोनाविरुद्धको पहिलो डिएनए खोपलाई भारतले दियो स्वीकृति

शनिबार, ५ भदौ, २०७८
डिजिटल संस्करण

भारतको औषधि नियामक निकायले विश्वको पहिलो डिएनए खोपलाई स्वीकृति दिएको छ। तीन मात्रा लगाउनुपर्ने जाइकोभ–डी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको बिबिसीले जनाएको छ।

खोप उत्पादक कम्पनी क्याडिला हेल्थ केयरले गरेको अध्ययनअनुसार यो खोप लगाएकामध्ये ६६ प्रतिशत मानिसमा लक्षणयुक्त संक्रमण हुन नपाएको बताइएको छ। कम्पनीले २८ हजारभन्दा बढी स्वयंसेवीमा खोपको क्लिनिकल ट्रायल गरेको थियो। यसलाई खोपका लागि भारतमा गरिएको सबैभन्दा ठूलो क्लिनिकल ट्रायल मानिएको छ।

यसअघि निर्माण गरिएका डिएनए खोपले जनावरमा राम्रोसँग काम गरे पनि मानिसका लागि भने खोपलाई प्रभावकारी बनाउन सकिएको थिएन। कम्पनीले वार्षिक १२ करोड मात्रा खोप उत्पादन गर्ने लक्ष्य लिएको छ।

सुझावित समाचार