देशभर ३,०७५ जना कोरोना संक्रमित थपिए, ३३ को मृत्यु

बिहिबार, ३ भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर तीन हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार तीन सय २१ र एन्टिजेन परीक्षणमा सात सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा ११ हजार नौ सय ४६  जनाको पिसिआर परीक्षण र चार हजार चार सय ९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ४० हजार पाँच सयजना सक्रिय संक्रमित रहेका छन् । बिहीबार दुई हजार एक सय २६ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार चार सय २९ पुगेको छ ।

सुझावित समाचार