बागमती सरकारका प्रवक्तामा मन्त्री पाण्डे

बिहिबार, ३ भदौ, २०७८
डिजिटल संस्करण

बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो।

बैठकले कोभिडविरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए।

यसअघि बुधबार राति नै शपथग्रहणपछि नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्। उनले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकासमन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेकी थिइन्।

सुझावित समाचार