देशभर ३,४०३ जना कोरोना संक्रमित थपिए, ४२ को मृत्यु

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर तीन हजार चार सय तीनजना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार ६ सय १३ र एन्टिजेन परीक्षणमा सात सय ९० जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा ११ हजार आठ सय ३९  जनाको पिसिआर परीक्षण र चार हजार नौ सय ९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ४० हजार तीन सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।  बुधबार दुई हजार एक सय चारजना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार तीन सय ९६ पुगेको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार