पदमुक्त नगर्न भन्दै एमालेका १४ सांसद संसद् सचिवालयमा

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेका १४ सांसद आफूहरूलाई पदमुक्त नगर्न भन्दै संसद् सचिवालय पुगेका छन्। पार्टीले आफूहरूलाई गरेको कारबाही अवैधानिक भएको भन्दै बुधबार एमालेका १४ सांसद सचिवालयमा गएका हुन्।

मंगलबार एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई कारबाही गर्न पत्र पठाएको थियो। एमालेले आफ्ना १४ सांसदलाई पदमुक्त गर्न पत्र पठाएपछि बुधबार कारबाही रोक्न आग्रह गरिएको पत्र बोकेर १४ सांसद सचिवालयमा पुगेका हुन्। 

सुझावित समाचार