निवर्तमान प्रदेश प्रमुख झाले पदीय हैसियतमा प्राप्त हुने सुविधा नलिने

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

प्रदेश २ का निवर्तमान प्रमुख डा. राजेश झा अहिराजले आफूले शिरमा नेपाल र मनमा मधेस राखेर काम गरेको बताएका छन्। प्रदेश प्रमुख निवास छाड्ने क्रममा बुधबार बिहान पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन्।

‘प्रदेश २ अभाव, अपराध र अतिवादको चपेटमा परेको छ, देशभक्तिको नाममा प्रदेश २ निकै बलियो छ,’ उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचारजस्ता विषय सम्झौताको विषय नरहेकोले नागरिक र सरोकारवालालाई यो विषय प्रस्ट्याउँदै जान जरुरी छ ।’

आमनागरिकलाई सरकारमाथि विश्वास जगाउन र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो रहेको झाको भनाइ छ।

झाले आफ्नो पाँच महिना २४ दिनको कार्यकालमा भएको कामको जानकारी दिँदै आफूलाई सहयोग गर्ने प्रदेशवासी तथा कर्मचारीलाई धन्यवादसमेत दिए। उनले पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यका कुनै पनि सुविधा नलिने पनि स्पष्ट पारेका छन्।

सुझावित समाचार