पहिराेले नौबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण
पहिराेले नौबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध

तस्बिर : रासस

त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको सिस्नेखोलामा पहिराे खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवाबीचकाे भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी प्रमुख रूपा थापाले जानकारी दिइन् ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिराेमा फसेको ना.२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले  बताइन् । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

सुझावित समाचार