चलचित्र ‘एक’ डिजिटल प्लेटफर्ममा प्रदर्शन गरिने

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

चलचित्र  ‘एक’ डिजिटल प्लेटफर्ममार्फत रिलिज हुने भएको छ। निर्माण टिमले चलचित्रको डिजिटल (मोसन) पोस्टर मंगलबार सार्वजनिक गरेको हो। मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरूमार्फत प्रदर्शन हुनेछ। 

‘अब हरेक कुराको डिजिटल युग सुरु भइसकेको छ। हलिउड–बलिउडमा डिजिटल प्लेटफर्म सफल भइसकेको छ,’  निर्देशक मनोज पण्डित भन्छन्, ‘अब नेपाली सिनेमा क्षेत्रमा पनि डिजिटल प्लेटफर्मको विकल्प छैन। नेपाली राजनीतिमा हुने विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको ‘प्लट’मा बुनिएको चलचित्र ‘एक’को मुख्य भूमिकामा विशाल पोख्रेल छन्। 

उनले चलचित्रमा एक गुप्तचरको भूमिका निभाएका छन्। खासगरी राजनीतिमार्फत देशविरुद्ध लाग्नेहरूविरुद्ध उनले गरेको संघर्षको कथा चलचित्र ‘एक’ले बोकेको छ। 

चलचित्रमा एक्सन निर्देशन प्रमोद खड्काले गरेका छन् भने अर्को मुख्य भूमिकामा प्रमोद अग्रहरि पनि छन्। स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाईं र सोफिया थापाले निर्माण गरेको चलचित्र ‘एक’मा बालकलाकारको भूमिकामा विश्वत पोखरेल देखिएका छन्।

See More On

सुझावित समाचार