पवनदीप बने इन्डियन आइडलका विजेता

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

१२औँ संस्करणको इन्डियन आइडलको ट्रफी उत्तराखण्डका पवनदीप राजनले उचालेका छन्। ग्रान्ड फिनालेमा अरुणिता कान्जिलाल, मोहम्मद दानिस, सनमुख प्रिया, निहाल तारो र सायली काम्बलेलाई पछि पार्दै पवन विजेता बनेका हुन्।

स्वतन्त्रता दिवसको अवसर पारेर आइतबार राति आयोजना गरिएको ग्रान्ड फिनाले १२ घन्टासम्म सञ्चालन गरिएको थियो। विजेता बनेका पवनले ट्रफीसहित नगद रु. २५ लाख हात पारेका छन्।

साेको फर्स्ट रनरअप अरुणिता तथा सेकेन्ड रनरअप सायली हुँदा मोहम्मद दानिस, निहाल टोरो र सनमुख प्रिया क्रमशः चौथो, पाँचौँ र छैटाैँ स्थानमा रहे।
 

सुझावित समाचार