पछिल्लो २४ घन्टामा देशभर दुई हजार दुई सय १२ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा एक हजार सात सय ९३ र एन्टिजेन परीक्षणमा चार सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा आठ हजार ८८ जनाको पिसिआर परीक्षण र चार हजार १८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर ३९ हजार दुई सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार एक हजार आठ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार दुई सय ९२ पुगेको छ ।