देशभर २,६२४ जना कोरोना संक्रमित थपिए, २० को मृत्यु

शनिबार, ३० साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर दुई हजार ६ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा एक हजार नौ सय  ४७ र एन्टिजेन परीक्षणमा ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा आठ हजार ६ सय ६७ पिसिआर परीक्षण र चार हजार नौ सय ६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ३९ हजार चार सय पाँचजना सक्रिय संक्रमित रहेका छन् । शनिबार एक हजार तीन सय २० जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा २० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार दुई सय ५९ पुगेको छ ।

सुझावित समाचार