रसुवाको स्याफ्रुमा पहिरोले चार घरमा पूर्ण क्षति, दुईजना घाइते

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ५ स्याफ्रुमा पहिरोले चार घरमा पूर्ण क्षति भएको छ । आज (शुक्रबार) बिहान पौने ६ बजे स्याफ्रुको पुरानो बस्तीमाथिबाट पहिरो सहित ढुंगा खस्दा चार घरमा पूर्ण क्षति भएको हो भने  सात घरमा आंशिक क्षति पुगेको छ । पहिरोसँगै ढुंगा खस्न थालेसँगै भाग्ने क्रममा दुईजना घाइते भएको छन् ।

स्थानीय ३२ वर्षीय सोनाम दोर्जे तामाङ र २२ वर्षीय सुकदोर्जे तामाङ घाइते भएको प्रहरीले जनाएको छ । निधारमा चोट र खुट्टा सुन्निएका उनीहरूको स्याफ्रु स्वास्थ्य चौकीमा उपचार गरिएको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

उक्त स्थानमा २२ घरधुरी रहेको थियो । सोही स्थानमा पुनः पहिरोसहित ढुंगा खस्ने जोखिम रहेकाले नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । 
 

See More On

सुझावित समाचार