गोर्खा सैनिकको माग सम्बोधनका लागि सरकारले ब्रिटिस सरकारसँग वार्ता गरोस् : डिला संग्रौला

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

सांसद डा. डिला संग्रौला पन्तले गोर्खा सैनिकहरू विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेकोप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गरेकी छिन् ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘नेपाल तथा ब्रिटेनबीच दुई सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध छ । त्यो सम्बन्धको जग भनेको गोर्खा सैनिकहरू हुन् । संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरू अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिबारदेखि ब्रिटिस प्रधानमन्त्री कार्यालयनजिकै लन्डनमा आमरण अनशन बसिरहेका छन् । उनीहरूको जीवनरक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो । त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक माध्यमबाट ब्रिटिस सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गरी वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु ।’
 

सुझावित समाचार