बालुवाटारबाट ७० शिक्षक–शिक्षिका पक्राउ

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्रीनिवास बालुवाटारमा धर्नाका लागि गएका ७० जनाभन्दा बढी शिक्षक–शिक्षिका पक्राउ परेका छन्। विभिन्न मागसहित नेपाल शिक्षक महासंघले गरेको धर्नाका क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

धर्ना सुरु हुनुअगावै कार्यक्रमस्थलबाट गिरफ्तार गरिएको महासचिव लक्ष्मीकिसाेर सुवेदीले नयाँ पत्रिकालाई जानकारी दिए । उनीहरूलाई मालिगाउँस्थित प्रहरी वृत्तमा राखिएको छ। सुवेदीले ७० भन्दा बढीको संख्यामा शिक्षक–शिक्षिका पक्राउ परेको र प्रहरीले अझै धेरैलाई पक्राउ गरिरहेको जानकारी दिए।

महासंघले शिक्षामा २० प्रतिशत लगानी, कोरोना खोपको व्यवस्था, निजामती कर्मचारीसरह पर्यटन बिदाको सुविधालगायत माग राखेर आन्दोलन गर्दै आएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले निषेधित क्षेत्रमा कार्यक्रम गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाको संख्याका सम्बन्धमा भने जानकारी आइनसकेको एसपी बस्नेतको भनाइ छ।

See More On

सुझावित समाचार