देशभर ३,२६० जना कोरोना संक्रमित थपिए, ३२ को मृत्यु

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर तीन हजार दुई सय ६० जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार चार सय  ७३ र एन्टिजेन परीक्षणमा सात सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा १० हजार आठ सय ६ पिसिआर परीक्षण र  चार हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ३८ हजार एक सय ८० जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार दुई हजार दुई सय ९४ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा ३२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार दुई सय १२ पुगेको छ ।

सुझावित समाचार