पछिल्लो २४ घन्टामा देशभर चीन हजार चार सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार ६ सय १६ र एन्टिजेन परीक्षणमा आठ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पिसिआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा आठ सय ६५ जना गरी तीन हजार चार सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार नौ सय सात जनाको पिसिआर र पाँच हजार सात सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
बुधबार ३० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार एक सय ४५ पुगेको छ ।