सबैखाले भ्रष्टाचार छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्न कांग्रेस जिल्ला सभापतिहरूको माग

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरूको भेला चार निष्कर्ष निकाल्दै सकिएको छ । काठमाडौंमा सोमबार र मंगलबार भएको भेलाले क्रियाशील सदस्यता चाँडो टुंगो लगाएर नयाँ कार्यतालिका ल्याएर  भ्याउने अवस्था रहे नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

नियमित महाधिवेशन हुन नसके ०१४ सालको नजिर र पार्टीको विधानमा टेकेर विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष पनि भेलाले निकालेको छ । 

भेलाले विद्यार्थी र शिक्षकलाई अविलम्ब खोप र पठनपाठन सुचारु गर्न मागसमेत गरेको छ । 
सबै खालका भ्रष्टाचार र भ्रष्टाचारका काण्ड छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्न पनि माग गरिएको कांग्रेस नुवाकोटका सभापति जगदीश्वनरसिंह केसीले जानकारी दिए । 
 

सुझावित समाचार