देशभर ४,९०४ जना कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर चार हजार नौ सय चारजना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा तीन हजार एक सय ९४ र एन्टिजेन परीक्षणमा एक हजार सात सय १० जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित ३७ हजार तीन सय ३२ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक विवरणअनुसार यो अवधिमा १३ हजार दुई सय १७ जनाको पिसिआर र पाँच हजार नौ सय ६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

मंगलबार दुई हजार एक सय १५ जना डिस्चार्ज भएका छन् भने ३५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार एक सय ५० पुगेको छ । 
 

सुझावित समाचार