अर्थमन्त्रीको प्रस्टीकरण- यो प्रतिशोधपत्र होइन, देशको ऐना हो (भिडियोसहित)

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिनिधिसभामा पेस गरेको ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ कुनै प्रतिशोधपत्र नभएको प्रस्ट पारेका छन्। प्रतिनिधिसभामा उठेका विषयलाई प्रस्ट पार्दै शर्माले यसो बताएका हुन्। 

‘कुनै आग्रह-पूर्वाग्रह र आक्षेपको कुरा नभएको प्रस्ट पार्न चाहन्छु। यी प्रमाणित कुरा हुन्। अघिल्लो सरकारलाई आरोप लगाएको होइन, अघिल्लो सरकारका कामहरू नै यहाँ राखेको हो। आरोपित गरेको होइन,’ उनले भने, ‘यो प्रतिशोधपत्र होइन, यो देशको ऐना हो । जे अवस्था छ त्यही देखिएको छ ।’

सुझावित समाचार