प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि व्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले आफूलाई ग्रहदशाले प्रधानमन्त्री नबनाएको बताए ।
‘म प्रधानमन्त्री बन्न जन्मेको होइन। काम गर्दै जाँदा भएँ। ६४ वर्षसम्म त म प्रधानमन्त्री बनेको थिइनँ। म झ्याल र जस्केलाबाट होइन मूलढोकाबाट बनेकाे थिएँ,’ ओलीले देउवातिर संकेत गर्दै भने, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन, मेरो काम हेरेर, मत दिएर नेपालीले प्रधानमन्त्री बनाएका हुन्।’