स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता अध्ययन गर्न संसदीय समिति गठन होस् : रमेशजंग रायमाझी

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

कांग्रेस सांसद रमेशजंग रायमाझीले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सामग्रीमा अर्बाैँ भ्रष्टचार भएको भन्दै त्यसको छानबिन हुनुपर्ने बताए । 

बैठकमा उनले भने, ‘कोभिड– १९ को महामारीमा स्वास्थ्य सामग्री खरिद गर्दा अर्बाैँ रुपैयाँ भ्रष्टाचार गरेको छ । सरकारको साझा कार्यक्रममा पनि त्यो कुराको संकेत गरिएको छ । त्यसमा संलग्न हुने भ्रष्टाचारीहरूलाई सबैलाई कारबाही गर्नका लागि संसदीय समिति बनोस् ।’

उनले सदनमा झापाको गिरिबन्धु टी स्टेटको कुरा पनि उठाए । उनले भने, ‘सर्वोच्च अदालतले २८ गते फैसला सुनाउँदै गर्दा मितिसमेत तोकिसकेपछि गिरिबन्धु टी स्टेटको दुई सय ८० बिघा जग्गा २४ गते निर्णय गर्नुपर्ने के त्यस्तो जरुरी थियो,  झापाको बिर्तामोड चोकदेखि अलिकति अगाडि बसपार्कतिर छिर्ने बाटोमा सारा टी स्टेट थियो । त्यहाँ गर्नुपर्ने आवश्यकता के थियो ? अर्बाैँ रुपैयाँको भ्रष्टाचारमा संलग्न सरकारका प्रधानमन्त्री, अनि राजनेता र भ्रष्टाचारी राजनेता भन्नुस् स्वीकार्न तयार छु । भ्रष्टाचारको नाइके भन्नुस्, स्वीकार्न तयार छु ।’

सुझावित समाचार