पछिल्लो २४ घन्टामा देशभर तीन हजार ६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार ६ सय नौ र एन्टिजेन परीक्षणमा एक हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित ३६ हजार दुई सय ८८ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेकाे विवरणअनुसार यो अवधिमा १० हजार चार सय ४५ जनाको पिसिआर र ६ हजार एक सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
सोमबार एक हजार सात सय ८४ जना डिस्चार्ज भएका छन् भने २२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार एक सय १५ पुगेको छ ।