देशभर ३,२१८ जना कोरोना संक्रमित थपिए, १९ को मृत्यु

शनिबार, २३ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर तीन हजार दुई सय १८ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार दुई सय ३१ र एन्टिजेन परीक्षणमा नौ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक विवरणअनुसार यो अवधिमा आठ हजार आठ सय ६६ जनाको पिसिआर र चार हजार सात सय सातजनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

शनिबार एक हजार सात सय १२ जना डिस्चार्ज भएका छन् भने १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार ३८ पुगेको छ । 
 

सुझावित समाचार