क्वालिटी इन्टरटेनमेन्ट अवार्डको फारम भर्ने समय २८ साउनसम्म

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड–२०७८’ मा सहभागी हुन चाहनेहरूले थप दुई साता समय पाएका छन् । १५ साउनसम्म फारम भर्ने मिति तोकिएकोमा आयोजकले फारम भर्ने मिति दुई साता थपेको हो । 

अवार्ड वितरण आगामी भदौमा हुनेछ । गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघु चलचित्र, फेसन, मोडलिङ, सामाजिक अभियानजस्ता विधामा काम गरिरहेका व्यक्तिहरूले अवार्डका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् ।

यी विधामा आबद्ध व्यक्तिहरूले अवार्डका लागि २८ साउनसम्म फारम भर्न पाउने आयोजक संस्था क्लालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताए । अध्यक्ष गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन तथा प्रोत्साहनका लागि अवार्ड कार्यक्रमको आयोजना गरिएको बताए । 

सुझावित समाचार