जापानबाट १६ लाख डोज खोप शनिबार र आइतबार आउँदै

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

जापान सरकारले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको १६ लाख डोज जापानमा निर्मित एस्ट्राजेनेका खोप शनिबार र आइतबार आइपुग्ने भएको छ । जापानी राजदूतावासले बुधबार साँझ विज्ञप्ति जारी गरी खोप बिहीबार र शुक्रबार एयर लिफ्ट गर्ने तथा शनिबार र आइतबार आइपुग्ने जानकारी दिएको छ । 

नेपालका लागि जापानी राजदूत किकुता युकाताले बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग शिष्टाचार भेटमा खोप आउने जानकारी दिएका थिए । लगत्तै राजदूतावासले दुईवटा जहाजमार्फत खोप आउने सार्वजनिक गरेको हो ।

भारतमा निर्मित कोभिसिल्ड खोप पहिलो डोज लगाएका र दोस्रो डोजको प्रतीक्षामा रहेका ज्येष्ठ नागरिक यो खोपबाट लाभान्वित हुनेछन् । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जापानबाट खोप आएको तीन दिनभित्रै खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिइसकेका छन् । 

सुझावित समाचार