मैनाली सचिवमा बढुवा

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

सरकारले सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव मैनालीलाई सचिवमा बढुवाको निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको साउन १२ को सिफारिसअनुसार मैनालीलाई सचिवमा बढुवा गरिएको जानकारी दिएका हुन्। 
 

सुझावित समाचार