पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । मंगलबार उनले क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता प्रकट गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।
१५ वर्षको उमेरदेखि सुरु गरेको क्रिकेटको यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक,खेलाडी साथी, प्रशंसक, सरोकारवालाहरू र परिवाप्रति ऋणी रहने जनाएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुंगिए पनि नेपाली क्रिकेटको लागि भने आफ्नो सपना अझै बामे सरिरहेको खड्काले बताएका छन् ।
