पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय २५ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार दुई सय ७९ र एन्टिजेन परीक्षणमा आठ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १० हजार ६ सय १३ पिसिआर परीक्षण र तीन हजार एक सय ९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार नौ सय २५ जना डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ५८ हजार एक सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सोमबार २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नौ हजार आठ सय ९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।