टेकु अस्पतालको इमर्जेन्सीमा फेरि बढ्यो कोरोना संक्रमितको चाप (फोटोफिचर)

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा फेरि कोभिड- १९ संक्रमितको चाप बढेको छ। इमर्जेन्सी कक्षमा भर्ना हुने संक्रमितको चाप बढ्न थालेपछि अस्पतालले धमाधम बेडहरू थप्न थालेको हो।

आइतबारबाट टेकु अस्पतालले टहरामा समेत बेडहरू तयार पार्न थालेको छ। पछिल्लो समय इमर्जेन्सीमा देखिएको संक्रमितको चापले कोरोना महामारीको तेस्रो लहरको संकेत गरिरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक लीलानाथ भण्डारीले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सी कक्षमा आइतबार देखिएका दृश्य :

सुझावित समाचार