जिउ मास्ने/ बेच्ने कसुरमा १२ वर्षअघि २२ वर्ष कैद र ७५ हजार जरिवाना सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।
१५ असार २०६६ मा जिउ मास्ने/ बिक्री गर्ने कसुरका दुईवटा अलगअलग मुद्दामा जम्मा २२ वर्ष चार महिना २० दिन कैद सजाय पाएका फरार अभियुक्त विराटनगर– १७ का ५० वर्षीय सञ्जय यादवलाई मोरङ प्रहरीले पक्राउ गरेर शुक्रबार जिल्ला अदालतमा बुझाएको हो ।
अभियुक्त सञ्जयले जिउ मास्ने /बेच्ने एक मुद्दामा ११ वर्ष दुई महिना १० दिन कैद र ४० हजार जरिवाना अनि अर्को सोहीअनुसारको कसुरमा ११ वर्ष दुई महिना १० दिन कैद र १५ हजार जरिवाना सजाय पाएका थिए ।
अदालतबाट कैद सजाय पाए पनि फरार रहेका सञ्जयलाई विराटनगरमा आएर पेसा–व्यवसाय गरेर बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।