सेनाले आर्मोड भेहिकलको रोड ड्राइभिङ गर्ने

बुधबार, १३ साउन, २०७८
डिजिटल संस्करण

नेपाली सेनाकोले आर्मोड भेहिकलको रोड ड्राइभिङ गर्ने भएको छ। सेनामा ड्राइभिङ क्षमता अभिवृद्धि गर्न उक्त अभ्यास गर्न लागिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा रोड ड्राइभिङ अभ्यास सञ्चालन गर्न लागिएको हो। 

उक्त योजनाअनुरूप काठमाडौंको सीतापाइलामा रहेको गणले भादौ महिनाबाट चैत महिनासम्म, सुनसरी ब्यारेक इटहरीको गुल्मले साउन महिनामा तथा बोराडाँडी ब्यारेक कैलाली गुल्मले साउन र भदाै महिनामा रोड ड्राइभिङ अभ्यास गर्नेछ। 

सुझावित समाचार