देशभर ३,८४० संक्रमित थपिए, ३३ जनाको मृत्यु

बुधबार, १३ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर तीन हजार आठ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार ६ सय ३४ र एन्टिजेन परीक्षणमा एक हजार दुई सय ६ जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा १० हजार आठ सय ८६ पिसिआर परीक्षण र चार हजार नौ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

काठमाडौं उपत्यकामा आठ सय ५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा पाँच सय ५९, ललितपुरमा दुई सय ६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

देशभर हालसम्म संक्रमितको संख्या सात लाख ४६ हजार ६ सय ५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका पछिल्लो २४ घन्टामा एक हजार नौ सय ९३ जना डिस्चार्ज भएका छन् ।

बुधबार ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नौ हजार सात सय ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुझावित समाचार