माओवादी स्थायी कमिटी बैठक : सरकारमा पठाउने नेताको नामबारे छलफल

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ।  बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेका थिए । उनले नेपालसँग सरकारमा सहभागी हुन र देउवालाई मन्त्रिपरिषद् विस्तार गर्नेबारे कुरा गरेका थिए।

माओवादी केन्द्रबाट सरकारमा दुई मन्त्री सहभागी छन्। बैठकले माओवादीबाट सरकारमा जाने अन्य नामबारे टुंगो लगाउने सक्ने एक नेताले बताए।
 

सुझावित समाचार