रुपैयाँ दोब्बर बनाइदिने भन्दै ठगी गर्ने पक्राउ

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

केमिकल प्रयोग गरेर रुपैयाँ दोब्बर बनाइदिने भ्रममा पारी  ठगी गर्ने एक व्यक्ति  पक्राउ परेका छन् ।विराटनगर महानगरपालिका–  ८ अशोक चोक बस्ने ३५  वर्षीय  चन्दनकुमार मुखियाले केमिकल प्रयोग गरेर रुपैयाँ दोब्बर बनाइदिने भन्दै दुई लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा  मोरङ प्रहरीले पक्राउ गरेको हो । 

ठग मुखियाले सोही ठाउँ बस्ने  ३१  वर्षीय राजकुमार रायलाई  एक बाल्टिन पानीमा गोल्डेन कलरको कागज राखेर सिरिन्जमार्फत केमिकल हालेर २४ घन्टाभित्र रुपैयाँ दोब्बर बनाउन सकिन्छ भनेर पैसा लिएका थिए ।  

भनेअनुसार गर्दा पैसा दोब्बर नभएपछि रायले आफू ठगिएको भन्दै उजुरी गरेपछि प्रहरीले सोमबार मुखियालाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।      
 

See More On

सुझावित समाचार