देशभर ३,४२१ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

सोमबार, ११ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर तीन हजार चार सय २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणमा दुई हजार तीन  सय ९१ र एन्टिजेन परीक्षणमा एक हजार ३० जनामा संक्रमण देखिएको छ । 

यो अवधिमा १२ हजार दुई सय ४० जनाको पिसिआर परीक्षण र पाँच हजार ३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

सोमबार एक हजार पाँच सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ४५ हजार तीन सय एकजना संक्रमित भएका छन् ।

सोमबार २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नौ हजार सात सय ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 

सुझावित समाचार