मनीष सुमनले महन्थको साथ छोडे, उपेन्द्र यादवको पक्षमा हस्ताक्षर

सोमबार, ११ साउन, २०७८
डिजिटल संस्करण


जनता समाजवादी पार्टी (जसपा)का नेता मनीष सुमनले संस्थापन पक्षको आधिकारिकताका लागि सनाखत गरेको बताएका छन्।

‘पार्टीलाई जोगाउन मूलधारको पक्षमा म उभिएको छु,’ सुमनले भने, ‘आजको दिन हामीलाई पीडादायी छ। पार्टीलाई जोगाउन यहाँ उभिएको छु।’ महन्थ ठाकुर पक्षको बैठकमा आफूले पार्टीलाई जोगाउन एक ठाउँमा उभिन आग्रह गरेको, तर त्यो मान्ने अवस्था नआएपछि मूलधारको पक्षमा उभिएको उनको भनाइ छ।

‘महन्थ ठाकुरजीलाई एकता जोगाउन एक ठाउँ उभियौँ भनेर आग्रह गरेँ। तर, उहाँहरू मान्नुभएन,’ उनले भने, ‘आज बिहान पनि राजेन्द्र महतोलाई टेलिफोनमा यही आग्रह गरेँ। सम्भव नभएपछि एकताको पक्षमा उभिएको हुँ ।’

जसपाको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले आज सनाखत गरिरहेको छ। सुमन महन्थ पक्षमा प्रभावशाली नेता थिए।

मधेसमा एकीकृत पार्टी आवश्यक रहेको र त्यसको प्रयासमा आफू रहेको उनले बताए।

निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई सशरीर आयोगमा आज बोलाएको थियो। 
 

See More On

सुझावित समाचार