देशभर ३,११४ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

शनिबार, ९ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा दुई हजार तीन सय नौ र एन्टिजेन परीक्षणमा आठ सय पाँच जनामा संक्रमण देखिएको छ । 

यो अवधिमा १० हजार ६ सय २५ जनाको पिसिआर परीक्षण र चार हजार दुई सय ८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

शनिबार दुई हजार एक सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४१ हजार पाँच सय ६५ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार ६ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार