विकृति र विसंगति अन्त्यका लागि जनताले राप्रपा रोज्नुपर्छ : अध्यक्ष थापा

शनिबार, ९ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नम्बर ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृति, विसंगति र बेथिति अन्त्यका लागि पनि जनताले राप्रपा रोज्नैपर्ने धारणा राखेका हुन्।

कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै उनले कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने दाबी गरेका हुन् ।

उनले धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रूपमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताउँदै प्रमुख नेताहरूको अकर्मण्यताले विदेशी चलखेल बढेको बताएका छन्। आमूल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमूलक ढंगले लादिएको भन्दै उनले असन्तुष्टि पोखेका छन्। 

सुझावित समाचार