देशभर झन्डै तीन हजार कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर दुई हजार नाै सय ७७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा एक हजार नौ सय ८२ र एन्टिजेन परीक्षणमा नौ सय ९५ जनामा संक्रमण देखिएको हो।

यो अवधिमा १३ हजार ६ सय ९८ जनाको पिसिआर परीक्षण र तीन हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गरिएको छ।

बिहीबार एक हजार ६ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३९ हजार तीन सय ६८ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा १८ कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार ६ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार