सिजी ब्रान्डका युरोपमा निर्मित डिसवासर र वासिङ मेसिन बजारमा

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

इलेक्ट्रिक घरायसी सामग्री ब्रान्ड सिजीले युरोपमा डिजाइन र उत्पादन गरेको वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ । कम्पनीले विभिन्न किसिमका विशेषताका साथै आकर्षक स्वरूप रहेका उत्पादन बजारमा ल्याएको हो । 

वासिङ मेसिनमा डिजिटल ड्राइभ मोटर रहेकाले बिजुलीको बचत गराउने तथा निकै कम आवाज निकाल्ने कम्पनीले जनाएको छ । यसमा पर्ल ड्रमको प्रयोग गरिएकाले लुगालाई बिग्रन नदिई सफासँग धुने हुनाले लुगाको आयु बढ्ने जनाइएको छ । यसमा एलर्जी सेफ नामक प्रोग्राम रहेकाले कपडामा रहेका विभिन्न किसिमका एलर्जेन्सहरूलाई हटाई कपडा स्वच्छ राख्ने कम्पनीले दाबी गरेको छ । यो वासिङ मेसिन बुमर्याङ बडी सेपमा रहेको हुनाले कपडा धुँदा भाइब्रेसन कम हुने जनाइएको छ ।  

यसमा रहेको इकोलोजी सिस्टमले मेसिन कम लोडमा चलाउँदा बिजुली तथा पानी पनि कम खपत गर्ने कम्पनीको दाबी छ । यो वासिङ मेसिनमा १५ वटा वास प्रोग्रामहरू राखिएका हुनाले आफ्नो इच्छाअनुसार कुनै पनि प्रोग्राम प्रयोग गर्न सक्ने जनाइएको छ । कपडा धोइसकेपछि आफँै भित्र नै लुगा सुकाइदिने भएकाले यो मनसुन मौसममा धेरै उपयोगी हुने यो मेसिनमा १० वर्षको मोटर वारेन्टी रहेको कम्पनीले जनाएको छ ।  

कम्पनीले सार्वजनिक गरेका डिसवासरहरू बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा उपलब्ध गराएको जनाएको छ  । यसमा डिस्प्ले स्क्रिन तथा टच स्क्रिन भएको हुनाले प्रयोग गर्न सजिलो हुने जनाइएको छ । विभिन्न वासिङ प्रोगामहरू रहेकाले आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । दुवै मोडलमा स्टिम वास, अटो डोर टेक्नोलोजी, बिएलडिसी टेक्नोलोजी, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेको कम्पनीले जनाएको छ । 

स्टिमवासको सहायताले कटकटिएका भाँडाहरू सफा गर्नका लागि बाफ उत्पन्न गरी हाइजेनिक राखी सफा गर्ने जनाइएको छ । अटो डोर टेक्नोलोजीले धोइसकेको भाँडालाई सुकाइरहनुनपर्ने जनाइएको छ ।  

बिएलडिसी टेक्नोलोजी वा हाइड्रोपावरले घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्ने जनाइएको छ । डिउल प्रो वासले भाँडालाई दुई छुट्टाछुट्टै पानीको प्रेसरबाट धुने हुनाले भाँडा पूर्ण रूपमा सफा हुने जनाइएको छ । डिसवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको मोटर वारेन्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार