देशभर २,४४५ कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु

सोमबार, ४ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर दुई हजार चार सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पिसिआर परीक्षणमा एक हजार ६ सय ४२ र एन्टिजेन परीक्षणमा आठ सय तीनजनामा संक्रमण देखिएको छ । 

सोमबार एक हजार दुई सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार तीन सय ३२ पुगेको छ । निको हुने दर ९४।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर मृत्यु हुने संक्रमितको संख्या नौ हजार पाँच सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।
 

सुझावित समाचार