८०१ जनाको परीक्षण गराउँदा संसद् सचिवालयका तीन कर्मचारीमा कोरोना पजिटिभ

शनिबार, २ साउन, २०७८
डिजिटल संस्करण

संघीय संसद्का तीन कर्मचारीमा कोरोना पजिटिभ देखिएको छ। आइतबारबाट संसद् बैठक सुरु हुने भएपछि शुक्रबार र शनिबार संघीय संसद् सचिवालयले सभामुख, सांसद, कर्मचारी, सुरक्षाकर्मी, स्वकीय सचिव, संसदीय मामिला पत्रकारहरूको एन्टिजेन परीक्षण गराएको थियो।

८०१ जनाको  एन्टिजेन परीक्षण गरिएकोमा तीनजना कर्मचारीको पजिटिभ र बाँकी सबैको नेगेटिभ आएको संसद् सचिवालयले बताएको छ । पजिटिभ आएकाहरूलाई पिसिआर गर्न पठाइएकोसमेत सचिवालयको भनाइ छ।

सुझावित समाचार