प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत बेरीको बधाई

बिहिबार, ३१ असार, २०७८
डिजिटल संस्करण

अमेरिकी राजदूत र्यान्डी बेरीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवालाई भेट्न बिहीबार बिहान राजदूत बेरी बुढानीलकण्ठस्थित देउवानिवासमा पुगेका थिए ।

भेटमा राजदूत बेरीले नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा देउवालाई बधाई तथा शुभकामना दिएका छन् । भेटपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालमा नेपाल र अमेरिकाको मित्रता र साझेदारीलाई थप अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

यसअघि मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि राजदूत बेरीले सामाजिक सञ्जालमार्फत देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै ७५ वर्षदेखि नेपालसँगको मित्रतालाई अघि बढाउन उत्सुक रहेको प्रतिक्रिया जनाएका थिए ।

सुझावित समाचार